गाजामा द्वन्द्वका कारण पूर्वाधार ध्वस्त, महिला र बालबालिका बढी प्रभावित

काठमाडौँ । गाजामा जारी सैन्य द्वन्द्वका कारण दशौँ हजार सर्वसाधारणको ज्यान गएको र करिब ९० प्रतिशत नागरिक पूर्वाधारहरू ध्वस्त भएको संयुक्त राष्ट्रसंघीय निकाय ‘यूएन वुमन’ले जनाएको छ । घर, विद्यालय तथा आश्रयस्थलहरू व्यापक रूपमा क्षतिग्रस्त भएका छन् ।

इजरायलको कडा नाकाबन्दीका कारण पानी, खाद्यान्न, बिजुली र सरसफाइ जस्ता अत्यावश्यक सेवामा पहुँच गम्भीर रूपमा सीमित बनेको छ । बाँचेका नागरिकहरू भोकमरी, बारम्बारको विस्थापन र महामारीको जोखिमसँग जुधिरहेको प्रतिवेदनमा उल्लेख छ ।

‘गाजामा महिला र बालिकाहरूमाथि युद्धको मूल्य’ शीर्षकको प्रतिवेदन यूएन वुमनले सन् २०२६ अप्रिल १७ मा सार्वजनिक गरेको हो । प्रतिवेदनले अक्टोबर २०२३ देखि डिसेम्बर २०२५ सम्मको अवधिमा द्वन्द्वले पारेको लैङ्गिक प्रभावको विश्लेषण गरेको छ ।

प्रतिवेदनलाई उद्धृत गर्दै भारतस्थित प्यालेस्टिनी दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा गाजा द्वन्द्वमा ज्यान गुमाउनेमध्ये ७० प्रतिशतभन्दा बढी महिला र बालबालिका रहेको उल्लेख गरिएको छ ।

प्रकाशित: शुक्रबार, जेठ ०८, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय