काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्ने उद्देश्यले गठित कार्यदलले विभिन्न राजनीतिक व्यक्तित्वसँग छलफल सुरु गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा बनेको कार्यदलले संविधान संशोधनसम्बन्धी बहसपत्रका लागि सुझाव संकलन गर्ने क्रममा छलफल अघि बढाएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा जारी बैठकमार्फत राजनीतिक व्यक्तित्वसँग सुझाव लिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।


