बाल अधिकार परिषद् खारेज गर्ने निर्णय फिर्ता लिन इन्दिरा रानामगरको माग

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानामगरले राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेकी छिन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अघिल्लो सरकारले उक्त निर्णय गरेको चर्चा सुनिएको उल्लेख गर्दै सरकारले यस विषयमा पुनर्विचार गर्नुपर्ने बताइन्।

सांसद रानामगरले बालबालिकाको हक, हित र संरक्षणका लागि कुनै वैकल्पिक व्यवस्था नगरी परिषद् खारेज गरिएको भन्दै असन्तुष्टि व्यक्त गरिन्।

उनले बाल संरक्षणको विषयलाई सरकारले गम्भीर रूपमा लिएर आवश्यक कदम चाल्नुपर्नेमा जोड दिइन्।

प्रकाशित: बिहिबार, जेठ ०७, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय