नेप्से १२.३६ अंकले घट्यो, कारोबार रकम बढेर ३ अर्ब ८९ करोड नाघ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १२.३६ अंकले घटेर २७४२.११ विन्दुमा कायम भएको छ। बजार घटे पनि कारोबार रकम भने बढेको छ।

आज कुल ३ अर्ब ८९ करोड ८४ लाख १८ हजार ३८५ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। अघिल्लो दिन बुधबार नेप्से ३०.०८ अंकले बढ्दा ३ अर्ब ८२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।

आज ३४८ कम्पनीका ८९ लाख ५५ हजार ५४५ कित्ता शेयर किनबेच भएका छन्। कारोबारमा ७२ कम्पनीको शेयर मूल्य बढ्दा १८८ कम्पनीको मूल्य घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ।

आज अधिकांश उपसमूह घटेका छन्। बैंकिङ ०.५७, विकास बैंक ०.३१, फाइनान्स ०.२१, होटल तथा पर्यटन ०.८६, हाइड्रोपावर ०.६८, लगानी ०.३३, जीवन बीमा ०.१०, उत्पादन तथा प्रशोधन ०.३६, माइक्रोफाइनान्स ०.४५, निर्जीवन बीमा ०.४२ र अन्य समूह ०.३१ प्रतिशतले घटेका छन्। व्यापार समूह भने स्थिर रहेको छ।

आज बुङ्गल हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै ९.२६ प्रतिशत नाफा कमाएका छन् भने अपर लोहोरेखोलाको शेयर मूल्य सबैभन्दा धेरै १४.९५ प्रतिशतले घटेको छ।

प्रकाशित: बिहिबार, जेठ ०७, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय