उच्च शिक्षामा एआईको विवेकशील प्रयोग र नीतिगत स्पष्टता आवश्यक : सार्क विज्ञ

काठमाडौँ । सार्क देशका विज्ञहरूले कृत्रिम बौद्धिकता (एआई) लाई मानव सेवामा केन्द्रित गर्दै यसको विवेकशील प्रयोगमा जोड दिएका छन् ।

त्रिभुवन विश्वविद्यालयको आयोजनामा, एसियाली विकास बैंक र युनेस्कोको आर्थिक सहयोगमा बुधबारदेखि काठमाडौंमा सुरु भएको ‘उच्च शिक्षामा जिम्मेवार र नवप्रवर्तनात्मक कृत्रिम बौद्धिकताको नक्साङ्कन’ विषयक छलफलमा विज्ञहरूले एआईको दुरुपयोग रोक्न राज्यले छिट्टै स्पष्ट नीति निर्माण गर्नुपर्ने बताएका छन् ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा सुशीलबहादुर बज्राचार्यले एआईको सचेत प्रयोगमार्फत उच्च शिक्षालाई गुणस्तरीय, प्रभावकारी र विश्वस्तरीय बनाउनुपर्नेमा जोड दिए । उनले सरकारलाई एआई प्रयोगसम्बन्धी सहज र स्पष्ट कानुनी तथा नीतिगत व्यवस्था गर्न आग्रह गरे ।

नेपालका लागि चीनका राजदूत छाङ म्याओमिङले उच्च शिक्षामा एआईले महत्वपूर्ण परिवर्तन ल्याएको उल्लेख गर्दै यसको सकारात्मक र मानवहितमा प्रयोगका लागि अन्तरदेशीय सहकार्य आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपाल, चीन, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, माल्दिभ्स र भूटानलगायत सार्क मुलुकका उपकुलपति, प्राध्यापक तथा अनुसन्धानकर्ताहरूको सहभागिता रहेको छ ।

प्रकाशित: बिहिबार, जेठ ०७, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय