शेयर बजारमा सुधार, २४८ कम्पनीको मूल्य बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा आज सकारात्मक सुधार देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३० दशमलव ०८ अङ्कले बढेर दुई हजार ७५४ दशमलव ४८ बिन्दुमा पुगेको हो । यो वृद्धि एक दशमलव १० प्रतिशत बराबर हो ।

आज ३४६ कम्पनीको एक करोड ६ लाखभन्दा बढी कित्ता शेयर कारोबार हुँदा कुल कारोबार रकम रु तीन अर्ब ८२ करोड नाघेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि तीन दशमलव ६८ अङ्कले बढेर ४७१ दशमलव ०६ मा पुगेको छ ।

कारोबार रकमका आधारमा कर्पोरेट डेभलपमेन्ट बैंक अग्रस्थानमा रह्यो । आँखुखोला हाइड्रोपावर, अपि पावर कम्पनी, रिडी पावर र नेशनल हाइड्रोपावर पनि शीर्ष कारोबार हुने कम्पनीभित्र परेका छन् ।

प्रकाशित: बुधबार, जेठ ०६, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय