काठमाडाैं । नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
मंगलबार साँझ राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति समक्ष उनले शपथ लिएका हुन्। शपथपछि उनले आजै पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ।
यसअघि मंगलबार दिउँसो संघीय संसद्को संसदीय सुनुवाइ समितिले डा. शर्माको नाम प्रधानन्यायाधीशमा सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो।


