राप्ती प्रादेशिक अस्पतालको करिब डेढ बिघा जग्गा अतिक्रमणमा

काठमाडाैं । राप्ती प्रादेशिक अस्पतालको करिब डेढ बिघा जग्गा अतिक्रमणमा परेको पाइएको छ।

जिल्ला प्रशासन कार्यालयको प्राविधिक टोलीले गरेको प्रारम्भिक नापजाँचअनुसार अस्पतालको करिब डेढ बिघा जग्गा अतिक्रमण भएको देखिएको हो।

अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामिछानेका अनुसार अतिक्रमित क्षेत्रमा ५० भन्दा बढी घर बनेका छन्। प्रारम्भिक प्रतिवेदनले सबैभन्दा बढी अतिक्रमण उत्तरतर्फ भएको देखाएको छ भने पश्चिमतर्फ रानीजरुवा क्षेत्र र पूर्वतर्फ पक्की संरचना निर्माण भएको पाइएको छ।

अतिक्रमणका कारण अस्पतालको संरचना विस्तारमा समस्या भइरहेको अध्यक्ष लामिछानेले बताए। प्राविधिक टोलीको विस्तृत प्रतिवेदन आएपछि जग्गा खाली गर्ने प्रक्रिया अघि बढाइने उनले जानकारी दिए।

अनुगमनमा दाङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालसहितको टोली पनि सहभागी भएको थियो।

प्रकाशित: मंगलबार, जेठ ०५, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय