दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न थप तीन दिनको म्याद

काठमाडाैं । दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न प्रहरीले थप तीन दिनको म्याद पाएको छ।

सोमबार राति वीरगञ्जस्थित होटल सिद्धार्थ दियालोबाट पक्राउ परेका प्रसाईंलाई मंगलबार पर्सा जिल्ला अदालतमा उपस्थित गराएर म्याद थप गरिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सामाजिक सञ्जालमार्फत उत्तेजक अभिव्यक्ति दिएको, सामाजिक सद्भावमा असर पर्ने गतिविधि गरेको तथा राज्यविरुद्ध उक्साउने प्रकृतिका क्रियाकलापमा संलग्न रहेको आरोपमा उनीमाथि अनुसन्धान अघि बढाइएको छ।

प्रकाशित: मंगलबार, जेठ ०५, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय