किम्फ २०२६ मे २७ देखि ३१ सम्म हुने, २९ देशका ५० भन्दा बढी फिल्म प्रदर्शन गरिने

काठमाडाैं । काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २३औँ संस्करण २०२६ मे २७ देखि ३१ सम्म आयोजना हुने भएको छ ।

ठमेलस्थित क्यूएफएक्स छाया सेन्टरमा हुने महोत्सवमा २९ देशका ५० भन्दा बढी चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ । महोत्सवमा फिचर फिल्म, वृत्तचित्र, छोटा तथा साहसिक चलचित्रहरू समावेश गरिनेछन् ।

नेपाल पानोरमा खण्डमा समकालीन नेपाली समाजका कथा उजागर गर्ने स्थानीय चलचित्रहरू प्रस्तुत गरिनेछन् । महोत्सव निर्देशक राम्यता लिम्बूका अनुसार यस वर्षको कार्यक्रमले मनोरञ्जनसँगै सामाजिक विषयमा गहिरो संवाद गर्न प्रेरित गर्नेछ ।

उद्घाटनमा भारतकी निर्देशक त्रिबेनी राईको पुरस्कारप्राप्त चलचित्र ‘सेप अफ मोमो’ (छोरा जस्तै) को नेपाल प्रिमियर गरिनेछ ।

किम्फ २०२६ का अन्तर्राष्ट्रिय निर्णायक मण्डलमा भारतकी फिल्म प्रोग्रामर दीप्ति डी’कुन्हा, थाइल्यान्ड फिल्म अभिलेखालयकी निर्देशक चलिदा उअबुमरुङ्जित, नेपालका लेखक–कवि कुमार नगरकोटी तथा इटालीका ‘सर्भिना सिने माउन्टेन फेस्टिभल’ निर्देशक लुकाबीच रहेका छन् ।

प्रकाशित: मंगलबार, जेठ ०५, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय