प्रधानन्यायाधीश प्रस्तावबारे अध्ययन गर्न विपक्षीको एक दिन समय माग

काठमाडाैं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माको कार्ययोजना तथा उनीविरुद्ध परेका उजुरीमाथि अध्ययन गर्न विपक्षी दलहरूले एक दिन समय माग गरेका छन् ।

सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको बैठकमा विपक्षी सांसदहरूले थप अध्ययन आवश्यक रहेको भन्दै समय माग गरेका हुन् ।

नेकपा सांसद वर्षमान पुनले संवैधानिक प्रक्रियाअनुसार अघि बढ्नुपर्ने बताउँदै निर्णय गर्नुअघि पर्याप्त अध्ययन गर्नुपर्ने धारणा राखे । उनले प्रक्रिया पूरा गर्दै कामलाई अनावश्यक ढिलाइ नगर्न पनि आग्रह गरे ।

यता सत्ता पक्षका सांसदहरूले भने प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ आजै गर्नुपर्ने अडान राखेका छन् । समितिका सदस्य तथा रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले उजुरी, कार्ययोजना र छलफलको प्रक्रिया आजै अघि बढाउनुपर्ने बताए ।

समितिका सभापति बोध नारायण श्रेष्ठले उजुरी सुनेपछि प्रस्तावित प्रधानन्यायाधीशलाई प्रश्न गर्न सकिने स्पष्ट पार्दै प्रक्रियालाई सही रूपमा बुझ्न आग्रह गरे ।

प्रकाशित: मंगलबार, जेठ ०५, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय