विश्व स्वास्थ्य महासभाको उपाध्यक्षमा नेपाल सर्वसम्मत निर्वाचित

काठमाडाैं । नेपाल विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को ७९औँ विश्व स्वास्थ्य महासभाको उपाध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित भएको छ ।

स्विट्जरल्यान्डको जेनेभामा भइरहेको महासभाको उपाध्यक्षमा नेपाल निर्वाचित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

पाले डे नेसन्समा सोमबार आयोजित उद्घाटन सत्रमा भएको यो निर्वाचनलाई नेपालको लागि ऐतिहासिक उपलब्धि मानिएको छ । सोही सत्रमा स्वास्थ्यमन्त्री निशा मेहता नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल आइतबार जेनेभा गएको थियो ।

प्रकाशित: सोमबार, जेठ ०४, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय