पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, यातायात ठप्प

काठमाडौं । वर्षाका कारण खसेको पहिरोले मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

लमजुङको मध्यनेपाल नगरपालिका–१० विमिरेभञ्ज्याङस्थित उक्त सडकखण्डमा सोमबार बिहान करिब ७:२५ बजे माथिबाट पहिरो खस्दा यातायात पूर्ण रूपमा ठप्प भएको प्रहरीले जनाएको छ ।

अवरुद्ध सडकका कारण आवतजावत प्रभावित भएको भन्दै प्रहरीले उक्त मार्ग प्रयोग गर्ने यात्रुलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रकाशित: सोमबार, जेठ ०४, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय