काठमाडौँ । लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टी क्षेत्रबाट ठूलो मात्रामा चाइनिज भेप (इलेक्ट्रिक चुरोट) बरामद भएको छ।
सशस्त्र प्रहरीको टोलीले शुक्रबार राति ५९० कार्टुन भेप र दुई वटा कन्टेनरसहित तीन जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा धुनीबेशी नगरपालिका–१ निवासी सन्तोष लामा, भोटेकोशी गाउँपालिका–२ का फुन्चुदोर्जे तामाङ र सोही गाउँपालिका–३ का पासाङ शेर्पा रहेका छन्।


