काठमाडौँ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचनअन्तर्गत ६ प्रदेशका सञ्चालकहरू निर्विरोध निर्वाचित भएका छन्।
निर्वाचन समितिका अनुसार लेखा सुपरिवेक्षण समितिमा एक जना संयोजकसहित दुई सदस्य पनि निर्विरोध चयन भएका छन्।
बागमती प्रदेशतर्फको सञ्चालक पदका लागि भने यही जेठ ९ गते मतदान हुने तय गरिएको छ। उक्त पदका लागि तीन दलले साझा उम्मेदवारका रूपमा डा. परितोष पौडेललाई अघि सारेका छन्।
उम्मेदवार घोषणा कार्यक्रममा राजनीतिक दलका नेताहरूले सहकारी अभियानलाई मूल्य–मान्यताअनुसार सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए। साथै, सहकारीलाई पारदर्शी, जवाफदेही र जिम्मेवार बनाउन साझा घोषणापत्र सार्वजनिक गरिने जानकारी दिइएको छ।


