काठमाडौँ । जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आज दिउँसो आगलागी भएको छ ।
पुराना स्वास्थ्य सामग्री राखिएको गोदाममा करिब ३ः३० बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार नजिकै फोहर जलाउन बालिएको आगो फैलिँदा गोदाममा आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी निरीक्षक बलदेव बडूका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो करिब ४ बजे नियन्त्रणमा लिइएको थियो ।
आगलागीबाट भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


