काठमाडौँ । Meta ले आफ्नो रे-बान स्मार्ट ग्लासमा नयाँ फिचर थपेको छ, जसमार्फत प्रयोगकर्ताले हातको इसाराबाटै मेसेज लेख्न सक्नेछन् ।
कम्पनीले स्मार्ट ग्लास सार्वजनिक भएको ६ महिना पूरा भएको अवसरमा शुक्रबार नयाँ अपडेट उपलब्ध गराएको हो ।
कम्पनीका अनुसार यो सुविधा WhatsApp, Messenger, Instagram साथै एन्ड्रोइड र आईओएसका नेटिभ मेसेजिङ एपमा प्रयोग गर्न सकिनेछ ।
यो प्रविधि स्मार्ट ग्लासमा समावेश गरिएको न्युरल रिस्टब्यान्डमार्फत सम्भव भएको मेटाले जनाएको छ । कम्पनीले यसअघि जनवरीमा ह्वाट्सएप र मेसेन्जरका लागि अर्ली एक्सेसका रूपमा यो सुविधा ल्याएको थियो । अहिले भने यो सबै प्रयोगकर्ताका लागि खुला गरिएको छ ।
यसका साथै ‘डिस्प्ले रेकर्डिङ’ फिचरमार्फत प्रयोगकर्ताले ग्लासको डिस्प्लेमा देखिएको दृश्य, बाहिरी वातावरण र अडियोसहित भिडियो रेकर्ड गर्न सक्नेछन् ।


