हर्क साम्पाङको निर्देशन : श्रमदान र संगठन विस्तारमा सक्रिय हुन आग्रह

काठमाडौं । श्रम–संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रदेश तथा जिल्ला तहका पदाधिकारी र सदस्यहरूलाई श्रमदान, संगठन विस्तार र जिम्मेवारीप्रति गम्भीर बन्न आग्रह गरेका छन्।

काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले ठूलो जिम्मेवारीमा पुगेपछि काम देखिन कम भए पनि दायित्व झन् बढ्ने बताए। उनले प्रदेश तहका पदाधिकारीहरूले आफ्नो जिल्लामा मात्र सीमित नभई सबै जिल्लालाई समान रूपमा हेर्नुपर्नेमा जोड दिए।

साम्पाङले पार्टीभित्र नेता–कार्यकर्ताबीच विभाजन नभई सबै सदस्यहरू संगठनका समान हिस्सेदार भएको बताए। फुटबल टोलीको उदाहरण दिँदै उनले प्रत्येक सदस्यले सक्रिय भूमिका खेल्नुपर्ने उल्लेख गरे।

उनले भने, “श्रम–संस्कृति पार्टी काम गर्ने पार्टी हो। प्रत्येक सदस्यले श्रमदान गर्नुपर्छ। एक्लै भए पनि बिरुवा रोप्ने, सरसफाइ गर्ने वा सामाजिक काम सुरु गर्नुपर्छ। हिजो म एक्लै अभियानमा थिएँ, आज हजारौँ जोडिएका छन्। यो निरन्तरताको परिणाम हो।”

पार्टी निर्माणको चरणमा रहेको उल्लेख गर्दै उनले सक्रिय सदस्यहरूलाई मात्र महाधिवेशनमा उम्मेदवारी दिन र मतदान गर्न पाउने व्यवस्था गरिने जानकारी समेत दिए

प्रकाशित: शनिबार, जेठ ०२, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय