च्याउ खाएर सिकिस्त बनेका दिदीभाइको अस्पतालमा उपचार हुँदै

काठमाडौँ । चितवन मा विषालु च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ भने दुई जना बालबालिका उपचाररत छन् ।

इच्छाकामना गाउँपालिका–१ कुलवाङकी ११ वर्षीया नमुना चेपाङको शुक्रबार बिहान मृत्यु भएको हो ।

चार दिनअघि च्याउ खाएपछि नमुना, उनकी दिदी मनिता र भाइ साजन बिरामी परेका थिए । तीनै जनाको अवस्था बिग्रिएपछि शुक्रबार काउले स्वास्थ्य चौकी लगिएको थियो ।

स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि उनीहरूलाई भरतपुर पठाइएको वडा नम्बर १ का अध्यक्ष सन्तबहादुर मगर ले जानकारी दिनुभयो । बिरामी परिवारलाई भरतपुर आउजाउ गर्ने व्यवस्था भने गाउँपालिकाले मिलाएको जनाएको छ ।

प्रकाशित: शुक्रबार, जेठ ०१, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय