काठमाडौँ । प्रशासनिक सुधार र खर्च नियन्त्रणलाई प्राथमिकता दिँदै लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । हाल कायम १२ मन्त्रालयलाई घटाएर आठमा सीमित गर्ने निर्णय आगामी साउन १ गतेदेखि कार्यान्वयनमा आउनेछ ।
सरकारले कार्यसम्पादनलाई छिटो र प्रभावकारी बनाउन मन्त्रालयसँगै मातहतका कार्यालय तथा निर्देशनालयहरूको पुनर्संरचना पनि गर्ने तयारी गरेको छ । असार १५ देखि २० गतेभित्र समायोजन प्रक्रिया पूरा गर्ने योजना बनाइएको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्य ले प्रदेश सरकारको सेवा प्रवाहलाई थप पारदर्शी र व्यवस्थित बनाउन मन्त्रालय संख्या घटाइएको बताउनुभयो ।


