नेप्से परिसूचकमा गिरावट, कारोबार रकम तीन अर्बभन्दा बढी

काठमाडौँ । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक १० दशमलव ०७ अङ्कले घटेर दुई हजार सात सय ३० दशमलव १७ बिन्दुमा झरेको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि शून्य दशमलव ३४ अङ्कले घटेर चार सय ६७ दशमलव २० मा सीमित भएको हो ।

आज तीन सय ३७ कम्पनीका ७९ लाख ५८ हजार ७५२ कित्ता शेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम रु तीन अर्ब २९ करोडभन्दा बढी पुगेको छ । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, साहस ऊर्जा, एसवाई प्यानल नेपाल, युनियन हाइड्रोपावर र माउण्टेन इनर्जी नेपाल अग्रस्थानमा रहे ।

कारोबारका क्रममा युनियन हाइड्रोपावर, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र विभिन्न म्युचुअल फण्डका लगानीकर्ताले नाफा कमाएका छन् । तर एसियन हाइड्रोपावर, हिमालयन इन्स्योरेन्स र नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने घाटा बेहोरेका छन् ।

प्रकाशित: बिहिबार, बैशाख ३१, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय