काठमाडौँ । नेकपा (एमाले)ले शनिबार सचिवालय बैठक बोलाएको छ । अध्यक्ष केपी शर्मा ओलीको सचिवालयका अनुसार बैठकको तयारी भइरहेको भए पनि स्थान भने अझै तय गरिएको छैन ।
अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाअनुसार बाहिर निस्कन मिल्ने वा नमिल्ने विषय स्पष्ट भएपछि बैठकस्थल निर्धारण गरिने बताइएको छ ।


