काठमाडौँ । संघीय संसद् सचिवालयका नवनियुक्त सचिव प्रकाश अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आज सिंहदरबारस्थित संसद् सचिवालयमा आयोजित समारोहमा सभामुख डोलप्रसाद (डीपी) अर्यालले उनलाई शपथग्रहण गराएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्यालको सिफारिसमा अधिकारीलाई प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गरेका थिए ।
संखुवासभाको खाँदबारी नगरपालिका–३ स्थायी घर भएका अधिकारी निजामती सेवाका उपसचिव पदबाट सेवानिवृत्त कर्मचारी हुन् ।


