काठमाडौँ । सर्वोच्च अदालतको इजलासमा हुलहुज्जत गर्ने प्रयास गरेपछि वादी अभियन्ता डा. रोशनी वादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिएपछि उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ। सर्वोच्च अदालतमा आज फिल्म ‘लालीबजार’ सम्बन्धी मुद्दामा सुनुवाइ भएको हो। उक्त फिल्मको प्रदर्शन रोक्न माग गर्दै रोशनी वादीले रिट दायर गरेकी थिइन्।
फिल्म ‘लालीबजार’ सम्बन्धी मुद्दाको सुनुवाइ न्यायाधीशद्वय विनोद शर्मा र श्रीकान्त पौडेलको इजलासमा भएको छ। मुद्दामा अदालतको आदेश आउन बाँकी रहेको छ।


