काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जेठ १ गतेदेखि छात्रवृत्ति परीक्षाका लागि अनलाइन आवेदन खुला गर्ने भएको छ।
महानगरअन्तर्गतका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८३–०८४ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि परीक्षा प्रणालीमार्फत छात्रवृत्ति प्रदान गरिनेछ।
अनलाइन आवेदन जेठ १० गतेसम्म दिन सकिनेछ। त्यस्तै, छात्रवृत्ति परीक्षा जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुने महानगरले जनाएको छ।
परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्न सोधिनेछ। आवेदन महानगरपालिकाको वेबसाइट वा entrance.kathmandu.gov.np मार्फत दिन सकिने व्यवस्था गरिएको छ।


