काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सोमबार साँझ सार्वजनिक गरेको छ । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत बोर्डले परीक्षा सम्पन्न भएको २९औं दिनमा नतिजा सार्वजनिक गरेको हो ।
बोर्डका अनुसार यस वर्ष करिब ६६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।


