पोष्ट बहादुर बोगटी बहुप्राविधिक शिक्षालय र The Soaltee Kathmandu बीच द्विपक्षीय सम्झौता

काठमाडौँ । नुवाकोटस्थित पोष्ट बहादुर बोगटी बहुप्राविधिक शिक्षालय र The Soaltee Kathmandu बीच होटल व्यवस्थापन संकाय/विभागतर्फ अध्ययनरत प्रशिक्षार्थीहरूको व्यावहारिक सिकाइ तथा इन्टर्नसिप कार्यक्रम सञ्चालनका लागि द्विपक्षीय सम्झौता सम्पन्न भएको छ। शिक्षालयमा अध्यापन हुने होटल व्यवस्थापन पाठ्यक्रमले निर्धारण गरेअनुसार छ महिनाको इन्टर्नसिप अवधिमा प्रशिक्षार्थीहरूले पाँचतारे होटल सोल्टी काठमाडौंमा प्रत्यक्ष रूपमा काम गर्दै सिक्ने अवसर प्राप्त गर्ने छन्।

सम्झौतापछि अब प्रत्येक वर्ष शिक्षालयमा अध्ययनरत प्रशिक्षार्थीहरूले The Soaltee Kathmandu मा व्यावसायिक वातावरणमा कार्य अनुभव हासिल गर्न पाउने भएका छन्। यसबाट विद्यार्थीहरूको सीप, क्षमता तथा व्यावहारिक दक्षता अभिवृद्धि हुने विश्वास गरिएको शिक्षालयले जनाएको छ। साथै, होटल उद्योगसँगको सहकार्यले अध्ययनलाई थप प्रभावकारी र रोजगारमुखी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्झौतापत्रमा शिक्षालयका तर्फबाट शिक्षालय प्रमुख कपिल पाण्डे तथा विभागीय प्रमुख प्रकाश रैला सहभागी हुनु भएको थियो। कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिहरूले प्राविधिक तथा व्यावसायिक शिक्षालाई उद्योगसँग जोड्दै दक्ष जनशक्ति उत्पादनमा सहकार्यलाई निरन्तर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित: आइतबार, बैशाख २७, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय