काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान गरेको छ ।
पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार बैठक जेठ १ गते केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ ।
बैठकमा सातै प्रदेशबाट आएका निर्वाचन समीक्षा बैठकका सुझावहरूबारे छलफल हुने बताइएको छ । साथै केन्द्रीय कार्यसमिति बैठकको मिति तय गर्ने विषयमा पनि छलफल गरिने उनले जानकारी दिए ।


