काठमाडौँ । कटारी नगरपालिका–१४ दलदलेस्थित सिद्धिचरण राजमार्ग बेमौसमी वर्षापछिको बाढीका कारण पूर्ण रुपमा अवरुद्ध भएको छ ।
प्रहरीका अनुसार वैशाख २६ गते आएको वर्षापछि सडकमा क्षति पुगेकाले शनिबारदेखि सवारी आवागमन पूर्ण रुपमा बन्द भएको हो । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्ले ले सडक खुलाउने प्रयास भइरहेको जानकारी दिनुभयो ।
यसैबीच सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै विपी राजमार्ग अन्तर्गत सिन्धुली खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा रातिको समयमा सवारी सञ्चालन रोक लगाइएको प्रहरीले जनाएको छ ।


