काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य सुधार देखिएको छ । नेप्से ६ दशमलव ९४ अङ्कले बढेर २ हजार ७१८ दशमलव १६ विन्दुमा पुगेको हो ।
आज ३३४ कम्पनीका ६६ लाख ८४ हजार ७ कित्ता शेयर ४५ हजार ६५ पटक खरिद–बिक्री हुँदा कुल कारोबार रकम २ अर्ब ९३ करोड १९ लाख ६८ हजार ८७७ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ ।
कारोबारमा बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, लघुवित्त, व्यापार र अन्य समूहका उपसूचक बढेका छन् । व्यापार समूह सबैभन्दा धेरै १ दशमलव ५७ प्रतिशतले बढेको छ ।
तर वित्त, लगानी, उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड र निर्जीवन बीमा समूहका उपसूचक भने घटेका छन् ।
आजको कारोबारमा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको सबैभन्दा बढी १७ करोड ६८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । शेयर संख्याका आधारमा भने नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको सबैभन्दा धेरै ५ लाख २६ हजार ६८२ कित्ता शेयर किनबेच भएको छ ।


