काठमाडौँ । झापाको मेचीनगर नगरपालिकामा दिउँसै ठूलो मात्रामा चोरी भएको छ । प्रहरीका अनुसार मेचीनगर नगरपालिका–६ प्लटिङ निवासी रुद्र बुढाथोकीको घरबाट बुधबार दिउँसो नगद तथा सुनका गरगहना गरी करिब १८ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।
परिवार घरमा नभएको मौका छोपेर अज्ञात समूहले चोरी गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ । चोरीमा संलग्न व्यक्तिहरू फरार रहेकाले उनीहरूको खोजी कार्य तीव्र पारिएको छ ।


