प्रधानन्यायाधीश नियुक्ति परम्परा नतोड्न खड्काको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रधानन्यायाधीश नियुक्तिको स्थापित परम्परालाई संवैधानिक परिषद्ले तलमाथि गर्न नहुने धारणा व्यक्त गरेका छन् ।

प्रधानन्यायाधीश नियुक्तिका लागि परिषद्को बैठक बस्नुअघि बिहीबार सामाजिक सञ्जालमार्फत उनले झन्डै चार दशकदेखि कायम रहेको नियुक्ति परम्परालाई सम्मान गर्नुपर्ने बताएका हुन् ।

‘करिब चार दशकदेखिको प्रधानन्यायाधीश नियुक्तिको स्थापित परम्परालाई परिषद्ले तलमाथि नगरोस्,’ उनले लेखेका छन् ।

खड्काले यस्तो परम्परा भंग भएमा न्यायालयमा अस्थिरता आउने र यसले लोकतान्त्रिक प्रणालीमा समेत गम्भीर असर पार्न सक्ने चेतावनी दिएका छन् । उनले संवैधानिक परिषद्का अध्यक्ष तथा प्रधानमन्त्रीको ध्यानाकर्षणसमेत गराएका छन् ।

प्रकाशित: बिहिबार, बैशाख २४, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय