धादिङ केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प, काठमाडौँसम्म धक्का महसुस

काठमाडौँ । धादिङ जिल्लाको चराङ्गे फेदी आसपास केन्द्रविन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ११:१४ बजे ४.१ स्थानीय म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लाहरू तथा काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो । केन्द्रविन्दु धादिङको चराङ्गे फेदी रहेको उक्त भूकम्पबाट हालसम्म कुनै भौतिक वा मानवीय क्षतिको विवरण प्राप्त नभएको जनाइएको छ ।

प्रकाशित: बिहिबार, बैशाख २४, २०८३

सम्बन्धित खवर