मुख्यमन्त्री बानियाँद्वारा मातृभाषा संरक्षण र प्रवर्द्धनमा जोड

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मातृभाषाहरूको सम्मान, शिक्षा र प्रयोगलाई बढावा दिन प्रदेश सरकार निरन्तर प्रयासरत रहेको बताएका छन् ।

‘प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८०’ कार्यान्वयन गरी भाषा दिवस मनाइरहेको अवसरमा जारी शुभकामना सन्देशमा उनले बहुभाषिक नीतिलाई व्यवहारमा उतार्ने काम भइरहेको उल्लेख गरेका छन् ।

मुख्यमन्त्री बानियाँले सबै भाषाहरूको संरक्षण, प्रवर्द्धन र विकास गर्नु साझा जिम्मेवारी भएको पनि बताएका छन् ।

बागमती प्रदेश सरकारले उक्त ऐनमार्फत तामाङ र नेपाल भाषा (नेवारी) लाई सरकारी कामकाजको भाषाका रूपमा लागू गरेको छ । वैशाख २४ गतेलाई प्रदेश सरकारले भाषा दिवसका रूपमा मनाउँदै आएको छ ।

प्रकाशित: बिहिबार, बैशाख २४, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय