आन्तरिक कलह छोडेर पार्टीलाई बलियो बनाउन अध्यक्ष ओलीको निर्देशन

काठमाडौँ । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलभित्र चुलिएको विवाद र आगामी सत्ता समीकरणका विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले हस्तक्षेप गरेका छन्।

संसदीय दलको नेतृत्वलाई लिएर सांसदहरूबीच मतभेद बढिरहेका बेला अध्यक्ष ओलीले सुदूरपश्चिमका ११ जना प्रदेशसभा सदस्यहरूलाई भक्तपुरको गुण्डुमा बोलाएर विशेष छलफल गरेका हुन्।

दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै केही सांसदहरूले नेतृत्व परिवर्तनको माग उठाइरहेका छन्। यही विवादका बीच भएको छलफललाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।

छलफलका क्रममा अध्यक्ष ओलीले आन्तरिक विवादमा नलागी पार्टीलाई सुदृढ बनाउन र आगामी निर्वाचनको तयारीमा एकजुट भएर लाग्न निर्देशन दिएका छन्। उनले आगामी प्रदेश तथा स्थानीय तहका निर्वाचनमा संगठित रूपमा अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

ओलीले बैठकमा अघिल्लो निर्वाचनको परिणामबारे पनि समीक्षा गर्दै कमजोर प्रदर्शनका कारणबारे चासो व्यक्त गरेका थिए।

प्रकाशित: बुधबार, बैशाख २३, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय