काठमाडौँ । मुक्तिनाथ मन्दिर दर्शन गरी फर्किने क्रममा एक तीर्थयात्रीको लेक लागेर मृत्यु भएको छ। कपिलवस्तुका ८५ वर्षीय चित्रबहादुर मल्लको कागबेनी क्षेत्रमा श्वासप्रश्वासमा समस्या देखिएपछि मृत्यु भएको प्रहरीले जनाएको छ।
मल्ललाई अवस्था बिग्रिएपछि उपचारका लागि जोमसोम स्थित अस्पताल लगिएको थियो। तर चिकित्सकले उनलाई मृत घोषणा गरेको मुस्ताङ प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार मुस्ताङमा वैशाख महिनामात्रै लेक लागेर मृत्यु हुनेको संख्या तीन पुगेको छ। तीमध्ये अधिकांश तीर्थयात्री मुक्तिनाथ मन्दिर दर्शनका लागि आएका रहेका छन्।


