काठमाडौँ महानगरपालिकाले ‘स्कुल पार्टनरसिप कार्यक्रम’ सञ्चालन गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयबीच सिकाइ तथा क्षमता आदानप्रदानलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘काठमाडौँ स्कुल पार्टनरसिप कार्यक्रम’ सञ्चालन गर्ने भएको छ।

शिक्षा विभागले आयोजना गरेको ‘विद्यालयको शैक्षिक, भौतिक र व्यवस्थापकीय सुधार’ विषयक अभिमुखीकरण कार्यक्रममा महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले शैक्षिक सुधारलाई प्राथमिकतामा राखेर काम अघि बढाइने बताइन्। उनका अनुसार यसै शैक्षिक सत्रदेखि सामुदायिक र संस्थागत विद्यालयबीच सहकार्य र अनुभव आदानप्रदानलाई व्यवस्थित रूपमा अघि बढाइनेछ।

डङ्गोलले आइतबार विद्यालय बिदाबारे देखिएको अन्योल नहुन विद्यालयहरूलाई आग्रह गर्दै पाठ्यक्रम पूरा गर्ने तथा नियमित शैक्षिक गतिविधि सञ्चालन गर्ने विषयमा छिट्टै वैज्ञानिक समाधान ल्याइने पनि जानकारी दिइन्।

प्रकाशित: बुधबार, बैशाख २३, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय