सिन्धुलीमा राति सवारी सञ्चालन बन्द: बीपी राजमार्गमा १२ घण्टा प्रतिबन्ध

काठमाडौँ । प्रि–मनसुन सुरु भएसँगै बाढी र पहिरोको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक खण्डमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ।

प्रशासनका अनुसार आजदेखि लागू हुने गरी बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारी साधन सञ्चालनमा प्रतिबन्ध गरिएको हो।

भारी वर्षाका कारण सडक अवरुद्ध हुने जोखिम बढेकाले यस्तो निर्णय गरिएको जनाइएको छ। साथै, आवश्यक परे दिनको समयमा पनि सवारी आवागमन अस्थायी रूपमा रोकिन सक्ने प्रशासनले जनाएको छ।

प्रकाशित: मंगलबार, बैशाख २२, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय