भक्तपुर । भक्तपुरमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। सूर्यविनायक नगरपालिका–८ सिपाडोल गुन्सा टोलस्थित खुल्ला चौरमा सोमबार ६४ वर्षीया कमला नेपाली मृत अवस्थामा भेटिएकी हुन्।
दोलखा तामाकोशी गाउँपालिका–५ सहरे घर भएकी उनी हाल भक्तपुरको थिमीमा बस्दै आएकी थिइन्। घटनापछि प्रहरीले शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाएर मृत्युको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेको जनाएको छ।

