‘लालीबजार’ विवादमा उच्च अदालतको आदेश, सेन्सर फाइल झिकाउन निर्देशन

काठमाडौँ । उच्च अदालत पाटनले फिल्म ‘लालीबजार’सम्बन्धी मुद्दामा चलचित्र जाँच (सेन्सर) का कागजात झिकाउन आदेश दिएको छ।

अदालतका सूचना अधिकारी गोबिन्दप्रसाद कोइरालाका अनुसार प्रदर्शन अनुमति दिने केन्द्रीय चलचित्र जाँच समितिको सक्कल फाइल झिकाउन निर्देशन दिइएको हो।

न्यायाधीशद्वय गीताप्रसाद तिम्सिना र दीपक खनालको संयुक्त इजलासमा मंगलबार सुनुवाइ भएको थियो।

अदालतले यसअघि जारी गरेको अन्तरिम आदेशलाई निरन्तरता दिँदै फिल्मको प्रदर्शन बुधबारसम्म रोक्न भनेको छ। यसबारे थप छलफलका लागि बुधबार पेसी तोकिएको छ।

यसअघि १५ वैशाखमा अदालतले तत्काल प्रदर्शन रोक्न आदेश दिएको थियो। वादी रोशनी नेपालीले फिल्मका केही दृश्य र संवादप्रति आपत्ति जनाउँदै रिट दायर गरेकी थिइन्।

प्रकाशित: मंगलबार, बैशाख २२, २०८३

सम्बन्धित खवर