
काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभामा पार्टीबाट निर्वाचित सांसदहरूलाई दुईदिने प्रशिक्षण दिने भएको छ।
प्रशिक्षण विभाग प्रमुख विपिनकुमार आचार्यका अनुसार रास्वपाले यही वैशाख २६ र २७ गते काठमाडौँमा प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागेको हो।
आचार्यले संसदीय दललाई पठाएको पत्रमा पार्टीबाट संसदमा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरूलाई विविध विषयमा सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा अनिवार्य रूपमा सहभागी हुन निर्देशन दिइएको उल्लेख छ।

