काठमाडौँ । नेपाल दलित संघका केन्द्रीय अध्यक्ष लोकबहादुर विश्वकर्माले पदबाट राजीनामा दिएका छन्।
उनले आज गगनकुमार थापालाई आफ्नो राजीनामा पत्र बुझाएका हुन्।
विश्वकर्माले पारिवारिक तथा शारीरिक समस्याका कारण जिम्मेवारी पूरा गर्न असमर्थ भएकाले राजीनामा दिनुपरेको बताए पनि संगठनका अन्य गतिविधिमा भने निरन्तर सक्रिय रहने बताएका छन्।
उनीलाई विसं २०८० असोज १३ गते तत्कालीन सभापति शेरबहादुर देउवाले केन्द्रीय अध्यक्षमा नियुक्त गरेका थिए।
यस अघि केही दिनअघि नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङले पनि राजीनामा दिएका थिए।


