पर्वत कुश्मा नजिक विद्युतीय सवारी दुर्घटना, १० जना घाइते

पर्वत । ग १ ज ८६७५ विद्युतीय सवारी मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत सदरमुकाम कुश्मा नजिकै माझमेलामा दुर्घटनामा परेको छ।

म्याग्दीको बेनीबाट पोखरातर्फ जाँदै गरेको उक्त सवारी तीव्र गतिका कारण चिप्लिएर नालीमा खस्दा १० जना यात्रु घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार घाइते हुनेमा म्याग्दी, कास्की र पर्वतका विभिन्न स्थानका यात्रुहरू रहेका छन्। घाइतेमध्ये देवी खत्री, लालवीर दमै, सीता परियार, लिला परियार, दिप्सन परियार, विष्णु दमै, सुस्मिता दमै, सुशीला थापा र लिला थापा रहेका छन्।

सबै घाइतेको उपचार प्रदेश अस्पताल पर्वतमा भइरहेको छ। अधिकांशको टाउको र हातखुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: सोमबार, बैशाख २१, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय