संविधान संशोधनका लागि विज्ञसँग परामर्श गर्दै कार्यदल

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार पार्ने उद्देश्यले गठित कार्यदलले मंगलबार विभिन्न क्षेत्रका अनुभवी व्यक्तिहरूसँग परामर्श गर्ने भएको छ। कार्यदलले संवैधानिक निकायका पूर्वप्रमुख, पूर्वमुख्य सचिव, परराष्ट्रविद् तथा प्रशासनिक क्षेत्रका विज्ञहरूसँग छलफल गर्ने तयारी गरेको हो।

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा रहेको उक्त कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजेदेखि ५ बजेसम्म परामर्श कार्यक्रम आयोजना गरेको छ।

कार्यदलका सदस्य सचिव लिलाधर सुवेदीका अनुसार, छलफलमा सहभागी विज्ञहरूबाट संविधान संशोधनसम्बन्धी आवश्यक सुझावहरू संकलन गरिनेछ, जसले बहसपत्रलाई थप परिष्कृत बनाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

यसअघि वैशाख १० गते बसेको कार्यदलको बैठकले पूर्वउच्च पदस्थ अधिकारीहरू, परराष्ट्रविद् तथा प्रशासनिक विज्ञहरूसँग परामर्श गर्ने निर्णय गरेको थियो। सोही निर्णय कार्यान्वयनस्वरूप मंगलबार उक्त छलफल आयोजना हुन लागेको हो।

प्रकाशित: सोमबार, बैशाख २१, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय