काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने भएको छ। बैठक सोमबार दिउँसो १ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।
बैठकमा समितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ। पार्टीका विभिन्न एजेन्डा र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।


