सुकुमबासी विस्थापितलाई तत्काल सम्पर्कमा आउन शहरी विकास मन्त्रालयको आग्रह

काठमाडौँ । शहरी विकास मन्त्रालय ले सुकुमबासी बस्तीबाट विस्थापित भई नाम दर्ता छुटेका नागरिकहरूलाई तत्काल सम्पर्कमा आउन आग्रह गरेको छ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै स्थानान्तरण प्रक्रियामा छुटेका, सहायता आवश्यक परेका तथा हाल सडकमा अलपत्र परेका नागरिकहरूलाई सम्पर्क गर्न अनुरोध गरेको हो।

हाल त्यस्ता नागरिकका लागि दशरथ रङ्गशाला लाई प्राथमिक दर्ता केन्द्रका रूपमा तोकिएको छ। वास्तविक भूमिहीन तथा आर्थिक अभावका कारण आफैँ बसोबासको व्यवस्था गर्न नसक्नेहरूले त्यहाँ पुगेर नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ।

मन्त्रालयका अनुसार केन्द्रमा उपस्थित हुने वास्तविक भूमिहीन नागरिकहरूको डिजिटल लगत सङ्कलन भइरहेको छ र उनीहरूलाई होल्डिङ सेन्टरमार्फत व्यवस्थित गरिनेछ।

प्रकाशित: आइतबार, बैशाख २०, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय