
काठमाडौँ । प्रभु साहले वर्तमान सरकार र यसको नेतृत्वले विधि मासेर शासन गर्न खोजेको आरोप लगाएका छन्।
आइतबार सिराहाको गोलबजार मा आम जनता पार्टीले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री बालेन्द्र शाह ले बल प्रयोगमार्फत लामो समय शासन गर्ने संकेत देखिएको भन्दै यस्तो शैली नेपाली जनताका लागि स्वीकार्य नहुने चेतावनी दिए।
उनले पुराना दल कांग्रेस, एमाले र माओवादी केन्द्रको दलतन्त्र र नेतातन्त्रको विरोधमा जनताले रास्वपालाई समर्थन दिएको भन्दै अहिलेको सरकारले जनमतको सम्मान गर्नुपर्नेमा उल्टो बाटो लिएको आरोप लगाए। संसद् छलेर अध्यादेशमार्फत शासन गर्नु संसदीय लोकतन्त्रको उपहास भएको भन्दै उनले संसद्को सर्वोच्चता कायम गर्नुपर्नेमा जोड दिए।
त्यस्तै, सुकुमबासी बस्ती खाली गराउने क्रममा सुरक्षाका लागि नेपाली सेना परिचालन गरिएको विषयप्रति पनि उनले आपत्ति जनाएका छन्।
उनका अनुसार सरकारले धैर्यता गुमाएको देखिएको र हतारमा गरिएको निर्णयले दीर्घकालीन रूपमा अस्थिरता बढाउन सक्ने खतरा रहेको बताए। उनले सरकार असफलताको दिशामा अघि बढिरहेको टिप्पणी पनि गरेका छन्।

