महानगरको कडा कदम: अतिक्रमित बस्ती हटाउने कार्य जारी

काठमाडौँ ।नदी किनारमा बढ्दो अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिँदै काठमाडौँ महानगरपालिकाले देवीनगर क्षेत्रमा रहेका पक्की संरचनाहरू भत्काउन थालेको छ।

महानगर प्रहरीका अनुसार धोबीखोला किनारका घरटहरा आजबाट हटाउन सुरु गरिएको हो।

यस अभियानअन्तर्गत यसअघि बल्खु र कालिमाटीका बस्ती हटाइसकिएको छ। उपत्यकामा हालसम्म दुई हजारभन्दा बढी अतिक्रमित संरचना हटाइएको तथ्यांक सार्वजनिक गरिएको छ।

बस्ती हटाउँदा प्रभावित भएका परिवारलाई अस्थायी आश्रयका लागि होल्डिङ सेन्टरमा सारिएको छ भने दशरथ रङ्गशालामा भूमिहीनको पहिचान प्रक्रिया जारी छ।

प्रकाशित: शनिबार, बैशाख १९, २०८३

सम्बन्धित खवर