क्यानडा क्रिकेटको मुख्य प्रशिक्षकमा मोन्टी देसाई नियुक्त

काठमाडौँ । क्यानडा क्रिकेटले पुरुष राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा मोन्टी देसाईलाई नियुक्त गरेको छ।

एसोसिएट राष्ट्रहरू र विभिन्न फ्रेन्चाइज लिगमा अनुभव बटुलेका देसाई संगठनमाथि भ्रष्टाचार र कुशासनका आरोप लागिरहेका बेला नयाँ सुरुआत गर्ने उद्देश्यसहित नियुक्त भएका हुन्।

देसाई आईसीसी विश्वकप लिग–२ अन्तर्गतको एक शृंखलामा नेपाली टोली सम्हालेपछि नेपाली समर्थकमाझ परिचित बनेका थिए। उनले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा काठमाण्डू गोर्खाजको प्रशिक्षकको जिम्मेवारी पनि सम्हालेका थिए।

यसअघि उनले सन् २०१९ मा समेत क्यानडाको प्रशिक्षकको रूपमा काम गरिसकेका छन्।

प्रकाशित: शुक्रबार, बैशाख १८, २०८३

सम्बन्धित खवर