काठमाडौँ । वृद्धा महिलाका सिक्री र गरगहना लुटेर मोटरसाइकलमा फरार हुने समूहका थप दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा विजय तामाङ र सुमन तामाङ रहेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनीहरूलाई पक्राउ गरी प्रहरी वृत्त थानकोटलाई बुझाएको हो। यससँगै उक्त समूहका पक्राउ पर्ने सदस्य संख्या ६ पुगेको छ।
यसअघि यस प्रकरणमा चार जना पक्राउ परिसकेका थिए। प्रहरीका अनुसार कोठा भाडामा खोज्ने बहानामा गरगहना लगाएका वृद्धा महिलाको रेकी गरी लुटपाट गर्ने गरेको खुलेको छ।


